धादिङमा दुर्घटना गराएका भारतीय युट्युबर जट्ट प्रभाज्वतको प्रहरी निगरानीमा उपचार हुँदै
धादिङको गजुरीमा मोटरसाइकल दुर्घटना गराएका भारतीय युट्युबर प्रभाज्वत सिंहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा मंगलबार धादिङको गजुरी बजारमा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गजुरी गाउँपालिका–१ स्थित नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् ।
दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले रातोपाटीलाई जानकारी दिए ।
प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छीमा राखिएको छ । जट्ट प्रभाज्वत नामले परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण