सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

बुधबार, ०९ कात्तिक २०७९, १७ : २०
बुधबार, ०९ कात्तिक २०७९

कास्कीमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । जिल्लाको पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुवेदीसहित २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप