आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द
शुक्रबार, ११ कात्तिक २०७९, १२ : ५८
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।
अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण