बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धनबीच कहाँ–कहाँ मित्रवत प्रतिस्पर्धा ? (सूचीसहित)

शुक्रबार, ११ कात्तिक २०७९, १५ : २५
शुक्रबार, ११ कात्तिक २०७९

सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभातर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको साझा सूची सार्वजनिक गरेको हो । जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ । यस्तै केही निर्वाचन क्षेत्रमा भने सहमति जुटाउने प्रयास जारी छ ।  

जसअनुसार सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को 'ख'मा कांग्रेसका सञ्जय प्रकाश यादव  र नेकपा एकीकृत समाजवादी पार्टी (एस)का प्रमोद यादवको नाममा सहमति जुटाउन छलफल जारी छ । यस्तै धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाबीच मित्रवत प्रतिस्पर्धा हुने निश्चित भएको छ । यस्तै महोत्तरी–२ को प्रदेश क मा एसकी मञ्जु यादव र लोसपाका जयनुल राइनको नाममा छलफल जारी छ भने सर्लाही १ को प्रदेश क मा माओवादीका रामचन्द्रसिंह कुसवाहा र लोसपाका उपेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यसैगरी बारा १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा कांग्रेसका नागेन्द्र कानु र एसका बतहु यादवबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ भने पर्सा ३ को प्रदेश ख मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एसका प्रह्लाद गिरिबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । 

यसैगरी काठमाडौं १० मा कांग्रेसका राजन केसी र माओवादीकी अञ्जना विशंखेबीच मित्रवत हुने भएको छ भने सोही क्षेत्रको प्रदेश क मा कांग्रेसका पुकार महर्जन र माओवादीका दिलिप महर्जनबीच मित्रवत प्रतिस्पर्धा नै हुने निश्चित भएको गठबन्धनले जनाएको छ । यसैगरी काठमाडौं ३ को प्रदेशसभा खमा कांग्रेसका विमल ठकरी र माओवादीका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा हुनेछ भने काठमाडौं ५ को प्रदेश ख मा कांग्रेसका श्याबहादुर खड्का र एसका बालकृष्ण श्रेष्ठबीच मित्रवत हुनेछ ।  

यस्तै स्याङ्जा २ को प्रदेश क मा कांग्रेसका भोजराज अर्याल र एसका रामचन्द्र भट्टराईको नाममा छलफल जारी रहँदा कपिलवस्तु १ को प्रदेश ख मा पनि कांग्रेसका सहसराम यादव र एसका फजलुर खानको नाममा छलफल जारी छ । यस्तै  रुपन्देही १ मा एमालेका पूर्वनेता घनश्याम भुसाललाई गठबन्धनले समर्थन गरेको छ । यस्तै बाँके २ को प्रदेश क मा कांग्रेसका राजकुमार बर्मा र एसका समसद्दिन सिद्दिकीबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यस्तै रौतहट ३ मा गठबन्धनले स्वतन्त्र उम्मेदवार प्रभु शाहलाई समर्थन गरेको छ । 

यसैगरी हुम्लाको प्रदेश क मा माओवादीका रनसिंह परियार र एसका हस्तबहादुर शाहीको नाममा छलफल जारी छ भने सुर्खेत २ को क मा कांग्रेसका कालीप्रसाद शाक्य र एसका शिवप्रसाद उपाध्याय तथा ख मा कांग्रेसका विन्दमान विष्ट रएसका मोहन बडुवालको नाममा छलफल जारी छ । यसैगरी बाजुराको प्रदेश क मा एसका नरेश शाही र माओवादीका कर्णबहादुर विश्वकर्माको नाममा छलफल जारी छ । यस्तै कञ्चनपुर २ को प्रदेश ख मा कांग्रेसका बहादुरसिंह थापा र एसका लालबहादुर खड्काबीच मित्रवत हुने निश्चित भएको गठबन्धनले जनाएको छ ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप