इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु
शुक्रबार, ११ कात्तिक २०७९, २१ : ११
सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ । तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण