हिजो बोहरालाई भोट माग्ने काँग्रेसले आज किन दिन नहुने : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन भन्दै प्रश्न गरेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा बोल्दै थापाले विगत काँग्रेस भोट दीपक बोहरालाई यही क्षेत्रबाट मत दिएको तर अहिले किन नदिने भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज भोट दिनुहुँदैन भन्ने कारण दिनुपर्‍यो, बोहराजीलाई भोट किन नदिने भन्ने ठाउँ नै छैन, हिजोका दिनमा उहाँलाई कांग्रेसले नै समर्थन गरेको थियो ।’ उनले बैंक ब्याजदर बढेको भन्दै सडकमा उत्रिन बाध्य उद्योगी व्यवसायीले पाँच दलीय गठबन्धनले मत दिनुहुँदैन भन्ने कुरा बुझेको बताए ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य महेन्द्र यादवले महँगी बढाउने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जनताले भोट नदिने दाबी गरे । रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार नेता यादवले निर्वाचन जितेपछि यस क्षेत्रको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण