पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने माओवादीका नेता निष्कासन
नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्सा ४ (१) बाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पा १ (२) मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । यस्तै पार्टीबाट निष्कासित हुनेमा केन्द्रीय लेखा परीक्षण आयोग सदस्य समेत रहेका कालिकोटबाट स्वतन्त्र उम्मेदवारी दिएका काशिचन्द्र बराल रहेका छन् ।
यस्तै माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ । यस्तै जिल्ला तथा स्थानीय स्तरका नेताहरुले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएको भए सम्बन्धित जिल्लाले कारबाही गनुपर्ने छ । यस्तै माओवादी केन्द्रले गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण