कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताए । तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले बेहोर्ने, ७३ वर्षभन्दा माथिका जुनसुकै बिरामी भए पनि त्यसको खर्च राज्यले गर्ने, ६५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई वृद्धभत्ता दिनेलगायत कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने भएकाले कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे ।
लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले यस क्षेत्रमा रहेका विद्यालय र मदरसालाई ‘स्मार्ट स्कुल’का रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए । “मोबाइल नेटवर्कको समस्या सधैँका लागि अन्त्य गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु”, उनले भने ।
कोसी गाउँपालिका–५ को सिँचाइ समस्या समाधान गर्न गलफरिया सिँचाइ आयोजनाको काम अघि बढेको सो अवसरमा मन्त्री कार्कीले जानकारी दिए । नेपालमा जलस्रोत, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेकाले यसको विकास गरेर देशलाई १० वर्षभित्र दक्षिण एशियाको धनी देश बनाउन सकिने उनको भनाइ थियो । विदेश गइरहेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण