शिक्षामा लगानी बढाउँछौं : उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पु¥याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै रूपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रूचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी बढाउनुपर्ने बताए ।
पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै यहाँका जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सृजनाका अवसरहरू जुटाउने आश्वासन दिए । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर सृजना गरेर यो क्षेत्रलाई नमूना बनाउनु चाहेका छौं,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण