रुपन्देही–५ मा सत्तारुढ गठबन्धनको पक्षमा अभियान सञ्चालन गर्दै दलित मुक्ति मोर्चा
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनका उम्मेदवारको समर्थनमा दलित मुक्ति मोर्चाले विशेष अभियान थालेको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न र गठबन्धनको पक्षमा उभिन समेत मोर्चाले आह्वान गरेको छ । मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भातृ संगठनहरुको संयुक्त कार्यक्रम सुरु गरेको नेपाल दलित मुक्ति मोर्चा सैनामैनाका अध्यक्ष धनबहादुर विकले बताए ।
रुपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विनोद पहाडीले रुपन्देहीको क्षेत्र नम्बर ५ को विकास र समन्यायिक विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । पहाडीले आफू भुईँ तहबाटै संघर्ष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेको बताउँदै जनताको प्रत्यक्ष सरोकारका विषयमा निरन्तर आवाज विहिनहरुको आवाज बन्ने प्रतिबद्धता जनाए ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य दीपिका शर्माले चुनावी अभियानलाई तीब्र पारिएको बताइन् । क्षेत्र नं. ५ मा प्रदेशसभा (ख) बाट फकरुद्दिन खान र प्रतिनिधिसभातर्फ भरत शाह गठबन्धनका उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण