अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने
अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् ।
‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् ।
ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक श्रेष्ठको रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।
लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण