शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

मङ्गलबार, १५ कात्तिक २०७९, १० : ४६
मङ्गलबार, १५ कात्तिक २०७९

अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘छड्के २’ फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ  । निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टरसहित फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।  ‘छड्के २’ सँगै यो मितिमा रिलिज हुनेको संख्या ५ पुगेको छ । जसमा ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ रहेका छन् । 

‘छड्के २’ अनमोल ग्याङस्टारको भूमिकामा देखिन लागेको फिल्म हो । पोष्टरमा पनि उनी लामो कपाल र कालो चस्मामा बाइक चलाउँदै देखिएका छन् भने उनको  पछाडि ग्याङस्टार हुलियामा केही केटाहरू बाइकमा सवार छन् । 
ग्याङस्टारको कथामा बनेको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक श्रेष्ठको रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आलेमगर लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् ।

लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप