बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ
बुधबार, १६ कात्तिक २०७९, १० : ३७
पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् ।
बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले वृहत् सम्बृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए। वाम लोकतान्त्रिक गठबन्धनबाट बारा(४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिवद्धता जनाए।
करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए । सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण