बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ
बुधबार, १६ कात्तिक २०७९, १० : ३७

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् ।
बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले वृहत् सम्बृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए। वाम लोकतान्त्रिक गठबन्धनबाट बारा(४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिवद्धता जनाए।
करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए । सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’
-
‘के घर के डेरा : घर नं २’ को ओपनिङ व्यवसाय कस्तो ?