एमाले पार्टी र त्यसका उम्मेदवार भूइँफुट्टा होइनन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा नभएको दावी गरेका छन् । बुधबार नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताए ।
‘नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एक सिट हुनेहरूलाई च्याखेको संज्ञा दिँदै एमालेको सरकार ढालेँ भनेर उफ्रिरहेको बताए । उनले मोहनविक्रम सिंहको नाम दिँदै उनको पार्टीका एक जनालाई एमालेले नै मत दिए पनि अहिले कान्छी भाउजू उता लागेको बताए ।
उनले अहिले विकासका लागि प्रतिबद्ध राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै फेरि च्याखेहरुले सौदावाजी गर्न नदिन एमालेलाई भोट दिन आव्हान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण