चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा आउँदै
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन गृह जिल्ला बस्ने भएका छन् । मङसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी उनी गृह जिल्ला डडेलधुरा आउन लागेका हुन् ।
कात्तिक १७ गतेदेखि आयोजना हुने चार दिने कार्यक्रमका लागि देउवा डडेलधुरा आउन लागेको वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा उनले श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका थिए ।
कांग्रेस डडेलधुराका सभापति साउँदका अनुसार कात्तिक १७ गते देउवा डडेलधुरा पुग्ने कार्यक्रम छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको बसपार्क, नवदुर्गा गाउँपालिकाको बेलापुर, आफ्नो गृहपालिका गन्यापधुराको बडाल, अजयमेरुको भद्रपुर, आलितालको गोदाम, परशुरामको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने छ ।
साउँदका अनुसार कार्यक्रम सकेर प्रधानमन्त्री देउवा राजधानी काठमाडौं फर्कनेछन् र पुनः चुनावको बेला डडेलधुरा आउनेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् ।
देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत ८ जना चुनावी मैदानमा छन् । देउवालाई ५ दलीय गठबन्धनको समर्थन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण