युवामा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ : पोख्रेल
राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरू रहरले नभइ वाध्यताले विदेश पलायन हुने गरेको बताएकी छिन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नं २ द्वारा सिनामंगल स्थित पेप्सीकोलामा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले देशको राजनीतिक वितृष्णाले युवाहरू विदेशिएको बताइन् ।
‘अहिलेको पुस्ताले नेपाली भाषा, लेख्न, पढ्न र बोल्न छोडिसकेका छन् किन भने उनीहरूमा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ’, पोख्रेलले भनिन् । कार्यक्रममा उनले नेपालमा उद्योगी, व्यवसायीलाई लगानीको ग्यारेन्टी नभएकोप्रति आपत्ति जनाउँदै सरकारले लगानीमैत्री नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
उनले आफू उद्यमीबाट राजनीतिमा आएकाले त्यसको अनुभव भएको भन्दै नीति निर्माण तहमा पुग्नुपर्ने दाबी गरिन् । उनले देशमा परिवर्तन ल्याउन विकास, सुशासन र समाजसेवामा समर्पित हुनुपर्ने भन्दै त्यसको लागि आफूले संसद्मा पुग्नुपर्ने दाबी गरिन् । त्यस्तै शिक्षा सर्वसाधारणको पहुँचबाट बाहिर गएकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउनुपर्ने भन्दै त्यसको लागि आफूले संसदमा भूमिका खेल्ने जनाइन् ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराले यो निर्वाचन चानचुने नभएको भन्दै सही समयमा सही निर्णय गर्न सकियो भने नेपालको सुनौलो भविष्य निर्माण हुने बताए । कार्यक्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले केही गर्न नसक्ने भन्दै नेपाल निर्माणको जिम्मा राप्रपाले लिनुपर्नेमा जोड दिए । ‘हामीलाई सत्ता चाहिएर त्यहाँ जान खोजेका होइनौँ, खबरदारी गर्ने हो, हामीलाई कुनै लोभ छैन,’ राणाले प्रष्ट पारे ।
कार्यक्रममा राप्रपा काठमाडौँ अध्यक्ष नवराज सिम्खडाले मुलुकलाई अग्रगति र सुशासन दिनका लागि राप्रपा आएको बताए । त्यस्तै महामन्त्री भुवन पाठकले यो क्षेत्रमा बाहिरको मात्रै होइन, कहाँको कहाँको मान्छे आएर चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण पदमा पुग्दा पनि क्षेत्रको विकास नभएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण