हरेक चुनावमा व्यक्तिले जिते, जनताले जितेका छैनन् : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताएका छन् । तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ छ ।
बिहीबार राजधानीमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा उनले प्रमुख पार्टीहरुमा शीर्ष नेताको चाकडी गर्ने तर जनतामा नजाने प्रवृत्ति रहेको दाबी गरे । ‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति छ । त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मेदवारले वा व्यक्तिले जितेको छ । तर नेपाली जनताले कहिल्यै जितेका छैनन् ।’
उनले देशको ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै बलियो प्रतिपक्षी हुँदा समस्या थप बढेको बताए । ‘प्रतिपक्षी बलियो नहुँदासम्म देश बन्न सक्दैन । यो देशमा प्रतिपक्षी दल छैन । जबसम्म प्रतिपक्षी हुँदैन, भ्रष्टाचार रोकिन सक्दैन’, उनले भने ।
लामिछानेले पार्टीलाई लोकतान्त्रिक बनाउने कोसिस गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण