भारतले झमेला गर्यो, नदी सर्यो भनेर सीमा सार्ने र सानो चित्त गर्ने होइन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलाई भूगोलमा ठुलो भएर सानो चित्त नबनाउन आग्रह गरेका छन् । शुक्रबार दार्चुलामा भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
दार्चुलाका समस्याहरू आफूलाई थाहा भएको भन्दै तिङकर भन्ज्याङको चीन जोड्ने बाटोका लागि ७०,७५ किलोमिटर चट्टान खोलेर तिङकरसम्म सडक पुर्याउनुपर्ने बताए । उनले भारतले अनावश्यक ढंगले बाटो बनाएर झमेला गरेको पनि बताए ।
‘हामी आफै बनाउने थियौं तर भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएर बेकारको झमेला निकाल्यो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु– नदी वर्तिर सर्‍यो भनेर सीमा वर्तिर सर्ने होइन । पहिला नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठुलो भारतको सानो चित्त हुनुहुँदैन । ठुलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सरो कि सिमाना सारिहाल्ने ? यति विशाल भारत छ, यत्ति सिमाना सार्छ, यो सुहाउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण