निर्वाचनबाट गन्तव्यहिन र सेटिङबाट बनेको सरकार छान्नुहुँदैन– केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन् । प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि जोडजामबाट बनेको सरकार हट्ने बताएका हुन् ।
उनले भने-‘निर्वाचनपछि असंवैधानिक ढंगले सरकार हेरफेर हुने र जनताको अभिमतबाट नभइ स्वार्थको चलखेलबाट सरकार बन्ने सरकार चुन्नुहुँदैन ।’ हालको सरकारको कुनै निश्चित लक्ष्य, उद्देश्य र गन्तव्य नभएकाले देश बर्बादमा पर्ने ओलीको भनाइ छ । सोहीकारण जनताले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्ने बताएका हुन् ।
निर्वाचनबाट जनताले एमालेलाई चुनेपछि न्याय र उत्तरदायित्व समेतलाइ ध्यानमा राखेका र छिमेक सम्बन्धलाई कायम गर्नेगरी सरकार बनाउने उनले घोषणा गरे । ‘संविधान बनाएपछि दोस्रो निर्वाचनमा छौं,’ ओलीले भने,‘पहिलो निर्वाचनबाट हामीले देशलाई दिशानिर्देश गरेको थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण