हिमालको हिँउ पग्लनुमा छिमेकी दोषी छन्– केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक र विश्व समुदायका कारणले नेपालका हिमालय क्षेत्रका हिँउ पग्लन थालेको बताएका छन् । आज प्रवासी नेपाली मञ्च साउदी अरबको कार्यक्रममा बोल्दै ओलीले छिमेक देश र विश्व समुदायका कारणले नेपालका हिमाल पग्लेर कालो देखिन थालेको बताएका हुन् ।
‘वातावरण संरक्षणका लागि नेपालको गौरवपूर्ण योगदान छ,’ ओलीले भने, ‘विश्वका अन्य देशले बढीमा ३० प्रतिशत वन जंगल कायम गरेका छन् । तर, हामीले ४६ प्रतिशत वनजंगल संरक्षण गरेका छौँ । ३० प्रतिशत त हाम्रो सघन वन क्षेत्र छ ।’ वातावरणप्रति हामी पूर्ण रूपमा सचेत भएपनि हिमाल कालो देखिने र हिमालमा हिउँ नअडिनुमा हाम्रो भन्दा धेरै विश्व समुदायको कारण छ ।
‘हाम्रा छिमेकतर्फ गहुँको छली डराउँछन् र त्यसको धुलो र धुवाँ हिमालमा पुग्छ । जसले हिउँ पग्लिन्छ,’ उनले भने, ‘खसारानीको धुलो एसिड भएकाले हिमालको हिउँ पग्लिने गरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण