ओलीले भने– ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन स्वार्थको गठजोड भएको दाबी गरेका छन् । आज आयोजित प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा सम्बोधन गर्दै ओलीले सत्तारुढ दलहरूले बनाएको बाम लोकतान्त्रिक गठबन्धन स्वार्थहरूको गठजोड मात्रै भएको दाबी गरेका हुन् ।
उनले उखान सुनाउँदै गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । ओलीले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’ अहिलेको सरकार भिजनलेस, मिसनलेस र प्रोग्रालेस सरकार निर्माण भएको दाबी गर्दै ओलीले थपे, ‘स्वार्थहरूले बनेको, स्वाभिमान नभएको कठपुतली सरकार हो ।’
मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्ने उनको भनाइ छ । अहिलेको गठबन्धनलाई अदृश्य शक्तिले पम्पिङ गरेको र गठबन्धनको मुख ६ तिर फर्केको उनले बताए । सोही कारण, मंसिर ४ मा यसबारे निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रतिक्षामा रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण