सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

पश्चिम सुर्खेतको विकास अबको पाँच वर्षपछि वीरेन्द्रनगर बराबर पुग्छ : विष्ट

शनिबार, १९ कात्तिक २०७९, २१ : ०६
शनिबार, १९ कात्तिक २०७९

पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता विन्दमान विष्टले पश्चिम सुर्खेतको विकास अबको पाँच वर्षभित्र वीरेन्द्रनगरसँग जोड्ने लक्ष्य राखिएको बताएका छन् । त्यसका लागि आगामी मङ्सिर ४ गने हुने निर्वाचनमा गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् । 

सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका विष्टले विगत पाँच वर्षमा सुरुवात गरेका कामलाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवारी रहेको समेत बताए । चुनावी अभियानको क्रममा पश्चिम सुर्खेतमा रहेका विष्टले भने ,‘ यो देशमा प्रतिगामी शक्तिले गर्दा संविधान र संघीयतालाई परास्त गर्न खोजियो । देशलाई सङ्कटमा पार्न खोजिएकाले गठबन्धन बनेको हो । ’ 

त्यसैले गठबन्धनको विजय हुनु आवश्यक छ । विष्ट कांग्रेस–माओवादीका साझा उम्मेदवार हुन् भने यहाँ एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गराएर चुनावी अभियान थालिरहेको छ ।

‘संविधानलाई बचाएर देशलाई अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा छ, विश्वास छ तपाइहरूले हामीलाई मतदान गरेर सहयोग गर्नुहुने छ,’ विष्टले भने, ‘व्यवस्था बचाउन र अवस्था परिवर्तनका लागि गठबन्धनको विजयी हुनुपर्छ ।’ 

निर्वाचित भएपछि पश्चिम सुर्खेतलाई अबको पाँच वर्षपछि वीरेन्द्रनगरको विकाससँग जोड्ने लक्ष्य उनले बताए । यो क्षेत्र अन्तर्गत पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप