‘एमाले नेतृत्वले जसपासँग एकाएक गठबन्धन गर्दा कार्यकर्तामा असन्तुष्टि छायो’
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् ।
शनिबार रातोपाटी टिमसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बनाउँदै छौँ ।’
हिजो एमाले र जसपा एकअर्काको नीति तथा कार्यक्रमको विरोधी थिए । आज दुवै पार्टी अप्राकृतिक देखिने खालको गठबन्धनमा छन् । यस सम्बन्धमा कन्द्रीय सदस्य हजरा भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । हामीले गएको निर्वाचनमा नेकपा माओवादीसँग तालमेल गरेका थियौँ ।’
भिडियोः रोशन पोख्रेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण