चर्को ब्याजमा ऋण खोजेर जनताको घरघरमा औषधि पुर्याएँ : चौधरी
सहरी विकास मन्त्री मेटमणि चौधरीले विपत्को बेला चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्याएको बताएका छन् । आइतबार लमहीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् ।
‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि सङ्क्रमित हुन पुगेँ । तर पनि जनताको सेवामा दिनरात भनिनँ । बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथि बनेको छु,’ मन्त्री चौधरीको भनाइ थियो ।
पहिलो पटक सांसद भएदेखि नै आफूले विद्यालय भवनहरू निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सीमा सुरक्षा देखि लिएर सिँचाइका थुप्रै योजनाहरूमा बजेट व्यवस्थापन गरेको मन्त्री चौधरीले स्मरण गराए । देउखुरीका जनताको मतबाट सांसद र मन्त्री समेत बनेको बताउँदै उनले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण