प्रवासी नेपालीको सम्मानमा एनआरएनएको चियापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ। सोमबार बालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा.बद्री केसीले चियापान गरेका हुन्।
प्रवासी नेपाली मञ्च एमालेको प्रवास विभाग संगठन हो। आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी सञ्जय थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो। विधानअनुसार राजनीतिक पार्टीको पदमा रहेका व्यक्ति संस्थाको पदाधिकारी हुन पाउँदैनन् । उसको विधानमा राजनीतिसँग सम्बन्धित गतिविधिलाई प्रचार–प्रसार तथा सर–सहयोग गर्न नपाइने उल्लेख छ।
सचिवालयमै पार्टीका कार्यकर्तालाई बोलाएर चिया खुवाउन लागेको कुरा एनआरएनएकै कतिपय प्रतिनिधिलाई भने मन परेको छैन। यो विषयले अध्यक्षद्धय थापा र डा.केसी विवादमा तानिने सम्भावना बढेको छ । ‘अहिलेसम्म यसरी राजनीतिक पार्टीका कार्यकर्ता बोलाएर सम्मान गरिएको थिएन। अहिले त अनौठा र अस्वभनिय गतिविधि देख्न थालियो,’ आइसीसीका एक सचिव भन्छन्, ‘विधानविपरीत हुने यस्ता हर्कतविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ।’
‘गैरराजनीतिक संस्था भन्ने, सचिवालयमै बोलाएर चियापान गर्ने रु सबैको प्यारो बन्न यसो गर्न खोजेको त होइन ? ,‘एक आइसीसी सदस्यको भनाइ छ, ‘भेटघाट गर्ने मन नै भए छुट्टै किसिमले गरे हुन्छ नि ! किन सचिवालयमै भेला गर्नु ? सचिवालय राजनीति गर्ने थलो होइन।’ –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
अर्थमन्त्रीपिच्छे थपिए नयाँ सहर, ८ अर्ब बजेट सकियो
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ