पोखरामा एमालेको बृहत कार्यकर्ता भेला सुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३ घण्टा ढिला गरी कार्यक्रम स्थलमा प्रवेश गरेका छन् । सोमबार पोखरामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न बिहान १० बजेको कार्यतालिका तयार भएपनि ओली १ बजे मात्र सभागृहमा प्रवेशमा गरेका हुन् । कार्यकर्ता भने बिहानै ९ बजेदेखि सभागृहमा आइपुगेका थिए । ओली प्रवेश गरेसँगै कार्यक्रम सुरु भएको छ ।
नेकपा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली सोमबार नै काठमाडौंबाट पोखरा आएका हुन् । ओलीसँगै एमालेबाट आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई, क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) कार्यक्रममा उपस्थित छन् ।
यस्तै, गण्डकी प्रदेशसभा तर्फ कास्की १ ‘क’ का खगराज अधिकारी, १ ‘ख’ का वेदबहादुर गुरुङ ‘श्याम’, कास्की २ ‘क’ का भीम कार्की, २ ‘ख’ का मीना गुरुङ छन् । यस्तै, कास्की क्षेत्र नम्बर ३ (१) ‘क’ का गणेशमान गुरुङ, ३ ‘ख’का राजीव पहारी कार्यक्रममा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण