सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

चुनावको मुखमा एकीकृत समाजवादीका जुम्ला अध्यक्ष एमालेमा

सोमबार, २१ कात्तिक २०७९, १३ : २५
सोमबार, २१ कात्तिक २०७९

नेकपा (एकीकृत समाजवादी) जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपाने एमालेमा प्रवेश गर्ने भएका छन् । पार्टी हितविपरीतका गतिविधि गर्दै आएका उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् । न्यौपानेले जुम्ला कमिटी एमालेमा समाहित हुने दाबी गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘हामी तयारी गरिरहेका छौं जेहोस् अधिकांश साथीहरू एमालेमा जानुहुन्छ ।’

एमालेका केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगीले समाजवादी पार्टीको करिब ७० प्रतिशत कमिटी एमालेमा समायोजन हुने दाबी गरे । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीले न्यौपानेसहित जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्काशनको घोषणा गरेको छ ।

पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ । उनीहरूलाई पार्टी विधानको कारा ६४(क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्कासन गरिएको हो । साथै जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप