बलात्कारको आरोप लागेका श्रीलङ्काली क्रिकेटरलाई धरौटीमा रिहा गर्न अस्वीकार
श्रीलङ्काका क्रिकेटर धनुष्का गुनाथिलाकालाई सोमबार सिड्नीको अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश रोबर्ट विलियम्सले धनुष्काको यसअघि कुनै पनि आपराधिक रेकर्ड नभएको ‘नोट’ गरे पनि धरौटीमा रिहा गर्न भने अस्वीकार गरेका हुन् । धनुष्काका वकिल आनन्द अमरनाथले फैसलालाई ‘निराशाजनक’ भएको प्रतिक्रिया दिएका छन् ।
धनुष्कालाई आइतबार सिड्नीको होटलबाट बलात्कारको आरोपमा पक्राउ गरिएको थियो । उनी टी–२० विश्वकप खेल्न अस्ट्रेलिया पुगेका थिए । श्रीलङ्काली क्रिकेट टोलीका बाँकी सदस्य भने स्वदेश फर्किसकेका छन् । घटनाबारे श्रीलङ्का क्रिकेट (एसएलसी)का अध्यक्ष शामी सिल्भाले धनुष्कालाई सहयोग गरिरहेको बताउँदै थप प्रतिक्रिया दिन अस्वीकार गरे ।
सोमबार नै बोर्डले धनुष्कालाई सबै खाले क्रिकेटबाट निलम्बित गरेको थियो । बोर्डले धनुष्कामाथि लागेको आरोपको तीव्र सुनुवाइका लागि आवश्यक कदम चाल्ने र अदालतबाट दोषी ठहरिए आवश्यक कारबाही गर्ने पनि जनाएको छ । बोर्डले खेलाडी गर्ने यस्ता कार्यमा शून्य सहनशीलता अपनाउने स्पष्ट पार्दै अस्ट्रेलियाको नियामक निकायलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्ने पनि जानकारी दिएको छ ।
ईएसपीएन क्रिक इन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण