बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको छु : मन्त्री अथक
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिंहदरबारसँग जोडेको बताएका हुन् । 'मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरूले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छ', मन्त्री अथकले भने, 'मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।'
आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरू उठाएको स्मरण गर्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, 'बाँकेको पहुँच सिधै सिंहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैँ प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।'
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारीको विकासका र परिवर्तनका लागी आफूले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफू कटिबद्ध भएर लागेको बताइन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगीता थारुले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण