जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा
नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन्, त्यही निहुँमा थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।'
वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए । कार्यकताहरुलाई विचलित नहुन पनि उनले अपिल गरे । उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण कमिटीलाई लामबद्ध भएर लाग्न अनुरोध पनि गरे ।
उनले भने -'एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २-४ जना पार्टीबाट छाडेर जाँदा पनि बहुमतमै छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण