नेकपा एस मंसिर ४ मा अवसान हुन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक पार्टीहरूमा देश बनाउने र संगठन चलाउने नीति नै नभएको टिप्पणी गरेका छन् ।
बुधबार झापाको आफ्नै निर्वाचन क्षेत्रमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘के का लागि अरू पार्टी ? अरु पार्टी कस्ता भएका छन् भने डिलका माथि हुने वित्तिकै लडिहाल्ने खुत्रुक्क हुने’ उनले थपे, ‘किनभने अरू पार्टीहरूसँग देश बनाउने नीति छैन, संगठन र कार्यकर्ता चलाउने नीति छैन । पार्टी भनेको त सम्मृद्ध नेपाल सुखी नेपाली भन्ने नीति हुनुपर्यो, जस्तो एमालेको उद्देश्य छ ।’
उनले मंसिरमा हुने निर्वाचनमा एमाले विजयी नभए देश वर्वादीमा जाने भन्दै अन्य पार्टीको भविष्य नभएकाले अरु पार्टीका कार्यकर्ताहरूको आकर्षण एमाले भइरहेको बताए । ‘एस भन्ने त पार्टी नै होइन, माधव नेपालले एकाध मान्छे लिएर पार्टी बनाएका छन् । त्यो पार्टी मंसिर ४ पछि अवसान हुन्छ’, ओलीको भनाइ छ । उनले स्वतन्त्र उम्मेदवारहरूले पनि केही गर्न नसक्ने भन्दै घण्टी बजाउँदै, लौरो टेक्दै आएका स्वतन्त्र हुँ भन्नेहरूलाई उम्मेदवार बन्ने रहर लागेपनि लहड र केटाकेटी खेल जस्तो राजनीति नहुने बताए ।
उनले चुनावमा गठबन्धन सरकारले जेपनि दुष्कर्म गर्ने सम्भावना रहेको भन्दै लोकतन्त्र विरोधी काम हुन नदिन कार्यकर्तालाई पहरेदारी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण