सरकारले युवालाई विदेश जान प्रोत्साहन गरेको छ : ज्ञवाली
गुल्मीको क्षेत्र नम्बर–१ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार प्रदीपकुमार ज्ञवालीले युवालाई विदेश पठाउने नीतिको प्रोत्साहन सरकारमा बस्नेले नै गरेको आरोप लगाएका छन् । उनले नेपालमा बस्न चाहनेलाई सरकार चलाएकाहरू ‘फ्री भिसा फ्री टिकट’ भन्दै उचालिएको बताएका हुन् ।
बुधवार गुल्मीको रुरु गाउँपालिका वार्ड नम्बर ६ रिमुवामा आयोजित कोणसभा बोल्दै पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा भएका कामलाई कांग्रेसले रोकेको बताए । उनले मूल्यवृद्धि चरम रूपमा वृद्धि भएको भन्दै गठबन्धन सरकार आएपछि भान्साको तेलसमेत वृद्धि भएको बताए । उनले एमाले सरकारमा हुँदा कोभिड महामारी नियन्त्रण र जनता भरोसा दिन ओलीले हप्ताहप्ता सम्बोधन गरेको तर अहिले डेंगुको महामारीमा सरकारको अनुहारसमेत नदेखिएको बताए ।
दुईतिहाइको सरकारलाई आफ्नो घर परिवारले ढलेको भन्दै उनले कांग्रेसलाई दोष दिन नहुने बताए । उनले आफ्नो पाला गुल्मीको विकासको लागि धेरै काम भएको पनि बताए । राष्ट्रिय राजमार्गको रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रेदेखि सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइनेसम्मका प्रतिबद्धता जनाएका छन् । जोर्ते–प्रवास सुरुङ मार्गको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्ने र सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइने उनले बताए । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण