सल्यानमा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते
बिहीबार, २४ कात्तिक २०७९, १४ : ५२
सल्यानको वनगाड कुपिण्डे नगरपालिका –१० रजेखोलामा ट्याक्टर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बनगाड कुपिण्डे–१० थापाचौरका १६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिमबहादुर बुढा, १७ वर्षीय कुलविर पुन, २१ वर्षीय झुपलाल घर्ती र २१ वर्षीय नन्दलाल घर्ती रहेका छन् ।
चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते ८ जनालाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । ‘रजेखोलाबाट बालुवालोड गरेर थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ,’उनले भने । ट्याक्टर चालक फरार रहेको र खोजीकार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण