जब एमाले अध्यक्ष ओलीले दुइटी नानीलाई फोटो खिच्न बोलाए...
शुक्रबार, २५ कात्तिक २०७९, ०८ : ०६
नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली यतिखेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । बिहीबार उनी झापाको सुरुङ्गामा चुनावी सभामा थिए । प्रहरी र म्यादी प्रहरीको सुरक्षा घेराभित्र सभा चलिरहेको थियो । सभा सकिएपछि मञ्चको अगाडि दुइटी नानीले अध्यक्ष ओलीको फोटो खिच्दै थिए ।
यो देखेपछि अध्यक्ष ओलीले उनीहरूलाई हातले इसारा गरी मञ्चमै बोलाए । सुरुमा नानीहरूले पत्याएनन्, ओलीले दोहोर्‍याएर इसारा गरेपछि मञ्चतिर बढेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । ओलीले सुरक्षाकर्मीलाई पनि इसारा गर्नुपर्‍यो ।

यसरी मञ्चमा पुगेका ती नानीहरू निकै प्रफुल्लमा मुद्रामा देखिन्थे । सोफामा ओलीको दायाँबायाँ बसेर उनीहरूले सेल्फी खिचे–टिकटक खिचे । मञ्चमा भीड हुन थालेपछि ओली मञ्चको अगाडि आए । त्यसपछि पनि फोटो र भिडियो खिच्नेको भीड थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण