कालिकोटका ९ वटै स्थानीय तहमा नमूना मतदान
कालीकोट जिल्लामा नौवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम सञ्चालन भएको हो ।
जिल्लाका नौवटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि जिल्ला निर्वाचन कार्यालय कालीकोटले नमूना मतदान कार्यक्रम आयोजना गरेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए । “जिल्लाका सबै वडाहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “नमूना मतदानले मतदाता शिक्षा तथा बदर मत घटाउन सहयोग गर्छ ।”
मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढङ्गले पूर्वजानकारी दिनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी मल्लले बताए । कालीकोट जिल्लामा ८० हजार सात सय ३३ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण