सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

मंसिर ४ निर्वाचन : जुम्लामा नमुना मतदान

शुक्रबार, २५ कात्तिक २०७९, १५ : ५५
शुक्रबार, २५ कात्तिक २०७९

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जुम्लाका दुई स्थानीय तहमा नमुना मतदान कार्यक्रम गरेको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको उक्त कार्यालयका  प्रमुख महेश शर्माले जानकारी दिए ।

सिंजामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईँले बताए । उक्त मतदानमा ८५ जना सहभागी भएका भएका थिए  । नमूना मतदानमा जम्मा २० मत बदर भएका छन् । दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको बताइएको छ ।

नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको उक्त कार्यालयका प्रमुख शर्माले जानकारी दिए । जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (१) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (२) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभासदस्यका लागि निर्वाचन हुँदै छ ।  

कारागारबाट भोट हाल्दै

उक्त निर्वाचनमा जिल्ला कारागारबाट १४ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने भएका छन् । नेपाल सरकारले कैदीबन्दीलाई पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि कारागारमा एक सय सात कैदीबन्दीमध्ये १४ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका कारागार प्रमुख विष्णुबहादुर महतले बताए । निर्वाचन आयोगले माग गरेबमोजिम कारागारबाट एक सय सात बन्दीको नामावली पठाइएकामा १४ जनाको अन्तिम नामावलीमा नाम देखिएका निर्वाचन कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।

यसैगरी जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ । जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप