जावलाखेलको ‘लभ्ली होम’ चाइल्ड केयरमा बालकको मृत्यु
ललितपुरको जावलखेलस्थित लभ्ली होम चाइल्ड केयर एण्ड किन्डर गार्डेनमा बालकको मृत्यु भएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका घर भएर ललितपुर–१५ खुमलटार बस्ने ११ महिनाका याङमिन मगरको मृत्यु भएको हो ।
कात्तिक २३ मा घरबाट चाइल्ड केयरको गाडीमा पठाएका अभिभावकलाई अचानक बालक बिरामी भएको खबर स्कुलले गरेको थियो । सुरुमा अल्का अस्पतालमा उपचार गराएर त्यहाँबाट अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा रिफर गरिएको र बालकको मृत्यु भएको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–४ का पूर्व वडाध्यक्ष टलक मगरले रातोपाटीलाई बताए ।
बालकको टाउकोमा चोट लागेको र स्कुलको लापरवाहीले मृत्यु भएको भन्दै पूर्व अध्यक्ष मगरले घटना अनुसन्धान गर्न माग गरेका छन् । ‘हामीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका छौं’ उनले रातोपाटीसँग भने–‘घटना अनुसन्धान गरेर आरोपीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताए । अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो । घटनाबारे जानकारी लिन खोज्दा चाइल्ड केयरकी फाउन्डर इन्चार्ज महेश्वरी अमात्य सम्पर्कमा आउन चाहिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण