टीकापुरमा चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल
नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुगे । थारू बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण गराउनुपर्यो।”
चौधरीले भने, “टीकापुर घटनापछि कैलाली क्षेत्र नं। १ निकै ठूलो सामाजिक सङ्कटमा जुधिरहेको छ। त्यसैले यो समस्याको औपचारिक रूपमा समाधान खोज्न पहल गरे मत दिने वचनबद्धता मतदाताले व्यक्त गर्नुभएको छ। यो विषय निकै सघन रूपमा उठिरहेको छ।” कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ४८ जनाको उम्मेदवारी परेको छ। तर विकास निर्माण र समुन्नतिको मार्गचित्रभन्दा पनि बढी ‘टीकापुर घटना’ बहसमा छ। यस क्षेत्रमा पर्ने टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनाले अरू सबैका चुनावी मुद्दा प्रायः ओझेलमा परेका छन्।
थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी एवं दुई वर्षीय बालक टेकेन्द्र साउदको मृत्यु र ५० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको घटना अझै पनि सेलाएको छैन। २०७४ को निर्वाचनमा थरुहट आन्दोलनको नेतृत्वकर्तामध्येका एक रेशमलाल चौधरी विजयी भएका थिए । आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी प्रमुख तथा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले पनि उम्मेदवारी दिएकी छिन्। नेत्री श्रेष्ठले पनि ‘टीकापुर घटना’लाई नै चुनावी मुद्दा बनाएकी छिन्।
टीकापुर घटनाको स्थायी समाधानको विषयमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी नेकपा एमालेको समान धारणा रहेको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारद्वय कांग्रेस नेता चौधरी र एमाले नेता तपेन्द्रबहादुर रावलले सद्भाव कायम गर्नेगरी टीकापुर घटनाको राजनीतिक समाधान खोज्नुपर्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण