शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : सिटौला

शनिबार, २६ कात्तिक २०७९, २२ : ३४
शनिबार, २६ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायको भूमिका उल्लेखनीय भएको बताए ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता सिटौलाले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याएर सन्थाल समुदायको योगदानको सम्मान गरिने समेत बताए । “सन्थाल समुदाय दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभएसम्म समाजवादको अनुभूति हुँदैन”, उनले भने, “सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्छु ।” 

आगामी निर्वाचनपछि बन्ने सरकारले सन्थाल समुदायका सबै पीडा र समस्या हल गरेरै छाड्ने प्रस्ट पारे । सम्बोधनकै क्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्नसमेत आह्वान गरे । प्रदेशसभा सदस्य पदका उम्मेदवार पूर्णप्रसादसिंह राजवंशी, संविधानसभा सदस्य मोहन टुडू, सन्थाल समुदायका अग्रज शिक्षक बडाराम हेमरम लगायतले शुभकामना मन्तव्य राख्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा सन्थाल समुदायको अस्तित्व रक्षा हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप