दुवै जिल्लाका सिमानामा विकास गर्ने दुई उम्मेदवारको प्रतिवद्धता
कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरूले नागरिकहरूको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दाङको शान्तिनगर- १ को सिमाना कालापोखरामा एमालेका दुवै जिल्लाका उम्मेदवारहरूले साझेदारी गर्दै सुखी नेपाली र समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने गरी काम गर्ने बताए ।
सल्यान ख का उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाह र दांग ३ (ख) का उम्मेदवार तथा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुवै क्षेत्रको विकासको लागि संयुक्त रुपमा प्रतिबद्धता जनाएका हुन् ।
दाङ र सल्यानका मतदाताहरुसंग दुवै उम्मेदवारहरुले एक अर्काका लागि मत मागेका थिए । कार्यक्रममा कर्णाली र लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी तथा स्थानीय पार्टी कमिटी एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण