कर्णालीका ३ सय ४८ कैदीबन्दीले पाए मताधिकार
आइतबार, २७ कात्तिक २०७९, ०८ : ०४
कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३ सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।
फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका ३ सय ४८ जना कैदीबन्दीले मताधिकार गर्नेछन् ।
जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान गर्न पाउने छन्। जुम्लामा मताधिकार पाएका १४ जना सबै पुरुष छन्। कैदीबन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए।
उनले भने कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण