थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, २७ कात्तिक २०७९, १२ : १६
काठमाडौंको थापाथली नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६: १५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।
मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण