माछामा भोट माग्दै ओलीले भने– बाटो थाहा छैन, घण्टी बजाका छन् हिँड्याछन् !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माछामा भोट मागेका छन् । सोमबार चितवन –३ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसबाट वागी उम्मेदवारी दिएका दिनेश कोइरालाको चुनाव चिह्न माछामा भोट मागेका हुन् । अरू स्वतन्त्र उम्मेदवारजस्तो दिनेश कोइराला नभएको भन्दै उनले भने, ‘यस ठाउँमा हामीले दिनेश कोइरालालाई समर्थन गरेका छौ । उहाँ राजनीति गरेर आएको मान्छे हो, नारायणीको किनार माछा चिह्न ।’
‘मैले सुनेको छु यस क्षेत्रमा अनेक थरी मान्छे उठेका छन् । कोही बिरामी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएछन् । कोही टेलिभिजनमा समाचार भन्नुपर्ने त्यो छोडेर यता आएछन् । कोही के गर्नुपर्ने हो ? कता जानुपर्ने हो बाटो थाहा छैन, घण्टी बजाछन् हिँड्या छन् । कता हो कता ? दिनेशजी त्यस्तो होइन’, ओलीको भनाइ छ ।
उनले क्षेत्र नम्बर १ का सुरेन्द्र पाण्डे पनि एक समय अलमलमा परेको तर अहिले समालिएर ठेस नलाग्नेगरी हिँडेको बताए । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण