पैसा बाँड्न खोजेको भन्दै कानूनमन्त्री डेढ घण्टा नियन्त्रणमा
गण्डकी प्रदेशका कानुन मन्त्री बिन्दुकुमार थापा बुधबार राति डेढ घण्टा स्थानीयको नियन्त्रण्मा परेका छन् । नेपाली कांग्रेसबाट सत्तारुढ पाँच दलीय गठबन्धनको उनी कास्की क्षेत्र २९२० मा उम्मेदवार छन् । राति ८ बजे पोखरा १६ बाटुलेचौरस्थित गन्धर्व बस्तीमा पसेपछि उनलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
थापालाई स्थानीयले नियन्त्रणमा लिएपछि उनीहरूले निर्वाचन आयोग र प्रहरीलाई समेत खबर गरेका थिए । राति खोलाखेत हुँदै गन्धर्व बस्ती पसेर मतदातालाई आर्थिक प्रलोभनमा पारेको एमाले कार्यकर्ताको आरोप छ । थापालाई नियन्त्रणमा लिएपछि उनीहरुले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित चर्को नाराबाजी पनि गरेका थिए । तर त्यस ठाउँमा पुगेका निर्वाचन आयोगका कास्की क्षेत्र नम्बर २ का अधिकृत दयाराम अधिकारीले मन्त्रीले आचारसंहिता मिचे/नमिचेको अनुसन्धान गरिने र बिहीबार कार्यालयमा निवेदन दिन स्थानीयलाई आग्रह गरेका छन् । ‘भोलि आएर निवेदन दिनुहोस्, आचारसंहिता मिचे/नमिचेको अनुसन्धान गर्छौं,’ उनले स्थानीयलाई भने ।

वडा नम्बर १६ का निवर्तमान वडाअध्यक्ष जीवन आचार्यले बिहीबार आयोगमा उजुरी दिने र हाललाई मन्त्रीलाई प्रहरीको रोहबरमा छाडिएको बताए । प्रहरीले मन्त्रीलाई सो ठाउँबाट सुरक्षित रुपमा निकालेको छ । मन्त्री थापाविरुद्ध स्थानीयले आर्थिक प्रलोभनमा पारेको, राति ७ बजेपछि झण्डावाल गाडी लिइ हिँडेर आचारसंहिता तोडेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण