‘भेलु बाजे’ र ओली एउटै हैसियतमा : पन्चा सिंह
अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।
‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’ उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको हैसियतबाट नाटक मञ्चन गरिरहनुभएको छ ।’
सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन् । उनले भनिन्, ‘उहाँ (ओली)ले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु सकिएको छ, त्यो आज होइन जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, त्यही दिन सकिएको हो ।’
राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण