शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनपछि संघमा मात्र होइन, सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : धमला

बिहीबार, ०१ मङ्सिर २०७९, १९ : २९
बिहीबार, ०१ मङ्सिर २०७९

काठमाडौं–९ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार कल्पना धमलाले निर्वाचनपछि संघमा मात्र नभएर सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्वमन्त्री धमलाले निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरिन् । 

आफ्नो निर्वाचन क्षेत्रमा रहेका समस्या ढल, खानेपानी र सडक निर्माणलाई प्राथमिकतामा राखेर आफू मतदाता पुगेको उनले बताइन् । नागडढुंगा कलंकी नाकालाई व्यवस्थित गर्न फ्लाइओभर रोड निर्माण गर्ने लक्ष्य आफ्नो रहेको उनले सुनाइन् । नेपालको पहिलो सुरुङ मार्गको आसपासमा ट्रमासहितको अस्पिटल स्थापना गर्ने लक्ष्य रहेको पनि धमलाले बताइन् । 

हिजोका दिनमा उम्मेदवारहरूले झुटो आश्वासन बाँड्दा जनताको नजरमा नेताहरूको छवि बिग्रिएको अवस्थामा आफूले सम्भव भएका आश्वासन मात्र जनतामाझ लिएर गएको दाबी गरिन् । भ्रष्टाचार र सुशासनको पक्षमा उभिने प्रतिबद्धतासहित धमलाले संविधानको रक्षा, विकास निर्माण र सुशासनका निम्ति गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आव्हान गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप