निर्वाचनपछि संघमा मात्र होइन, सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : धमला
काठमाडौं–९ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार कल्पना धमलाले निर्वाचनपछि संघमा मात्र नभएर सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)की नेतृ तथा पूर्वमन्त्री धमलाले निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरिन् ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेका समस्या ढल, खानेपानी र सडक निर्माणलाई प्राथमिकतामा राखेर आफू मतदाता पुगेको उनले बताइन् । नागडढुंगा कलंकी नाकालाई व्यवस्थित गर्न फ्लाइओभर रोड निर्माण गर्ने लक्ष्य आफ्नो रहेको उनले सुनाइन् । नेपालको पहिलो सुरुङ मार्गको आसपासमा ट्रमासहितको अस्पिटल स्थापना गर्ने लक्ष्य रहेको पनि धमलाले बताइन् ।
हिजोका दिनमा उम्मेदवारहरूले झुटो आश्वासन बाँड्दा जनताको नजरमा नेताहरूको छवि बिग्रिएको अवस्थामा आफूले सम्भव भएका आश्वासन मात्र जनतामाझ लिएर गएको दाबी गरिन् । भ्रष्टाचार र सुशासनको पक्षमा उभिने प्रतिबद्धतासहित धमलाले संविधानको रक्षा, विकास निर्माण र सुशासनका निम्ति गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आव्हान गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण