यी तीन प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
शुक्रबार, ०२ मङ्सिर २०७९, ०६ : ०९

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतः सफा रहेको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
-
‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’
-
३५ दिनमा 'जनै हराएको बाहुन'को इन्डक्ल्याप
-
मेक्सिकोमा मेयरको उम्मेदवारसहित चार जनाको गोली हानी हत्या
-
भारतले गरेको आक्रमणमा ११ सेना, ४० सर्वसाधारणको मृत्यु भयो : पाकिस्तान