बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विश्वकपको गोल्डेन बुट विजेताहरूको इतिहास र जित्ने सम्भावित खेलाडी

शुक्रबार, ०२ मङ्सिर २०७९, ०८ : १४
शुक्रबार, ०२ मङ्सिर २०७९

विश्वकप फुटबल आउन अब दुई दिन मात्र बाँकी छ । यस्तो समयमा विभिन्न ३२ देशहरू विश्वकपको ट्रफी आफ्नो बनाउने दाउमा छन् ।  टिमका खेलाडीहरू देशलाई उपाधिसँगै गोल्डेन बुट आफ्नो पक्षमा बनाउने रणनीतिमा हुनेछन् । 

विश्वकप गोल्डेन बुट व्यक्तिगत पुरस्कार हो । जुन विश्वकप भरीमा सर्वाधिक गोलकर्ताले पाउने गर्छन् । विश्व फुटबल इतिहासमा उनीहरूले आफ्नो नाम लेखाउने मौका पाउनेछन् । 

विश्वकपको गोल्डेन बुट विजेताको सूचीमा  युसेबियो, गर्ड मुलर र ब्राजिलियन रोनाल्डो जस्ता केही महान खेलाडीहरू पर्छन् ।  विश्वकपको गोल्डेन बुट विजेताकै सूचीमा जस्ट फोन्टेन, साल्भाटोर शिलाची र ओलेग सालेन्को पनि पर्दछन् । 

विश्वकपको गोल्डेनबुट विजेता कसरी बनिन्छ र कतार विश्वकपको गोल्डेनबुट विजेता को बन्न सक्छ भनेर यहाँ विश्लेषण गरिएको छ । 

गइलेर्माेदेखि केनसम्म 
सन् १९३० देखि १९७८  सम्म  विश्वकपमा सर्वाधिक गोलकर्ताका लागि कुनै आधिकारिक अवार्ड थिएन । सन् १९८२  मा स्पेनमा भएको प्रतियोगितामा सर्वाधिक गोलकर्ताका लागि केही परिवर्तन गरिएको थियो । 

सन्  २०१० सम्म गोल्डेन सुज सुनको जुत्ता बनाउने चलन थिएन । उक्त विश्वकप पछि भने सुनको जुत्ताको रूपमा पुरस्कृत गरिँदै आएको थियो ।  सन् १९३० मा उरुग्वेमा अर्जेन्टीनाका गुइलेर्मो स्टेबिलदेखि सन् २०१८  रुसमा इङ्ग्ल्यान्डका ह्यारी केनसम्म गरि २१ वटा प्रतियोगितामा २७ खेलाडीले यो अवार्ड जितेका छन् ।

फ्रान्सका जस्ट फन्टेनले एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास आजसम्म कसैले तोड्न सकेको छैन । फन्टेनले सन् १९५८ मा स्विडेनमा १३  गोल गरेका थिए । उनले जम्मा ६ खेलमा १३ गोल गरेका थिए । 

उनले पराग्वेविरुद्ध समूह चरणको पहिलो खेलमा ह्याट्रिक गर्दा तेस्रो स्थानको लागि प्लेअफ खेलमा ह्याट्रिकसहित चार गोल गरेका थिए । 

गोल्डेन बुट जित्नेको सूचिमा सबैभन्दा कम गोल ४ रहेको छ ।   जसमा ६  जना खेलाडीले सन् १९६२ मा यो अवार्ड बाँडेका थिए । यो अवार्ड एकभन्दा धेरै खेलाडीलाई बाँडेको दुई विश्वकप छन् । सन् १९९४  अमेरिकामामा रुसका सालेन्को र बुल्गेरियाका हर्स्टो स्टोइचकोभ यो अवार्ड बाँडेका छन् । २०१० मा थोमस मुलर (जर्मनी), डेभिड भिल्ला (स्पेन), वेस्ले स्नेइडर (नेदरल्याण्ड्स) र डिएगो फोर्लान (उरुग्वे) हरुले पाँच गोल गरेका थिए । तर, मुलरले   तीन असिस्ट गर्दा अवार्ड जिते । 

समान गोल भए पनि असिस्ट धेरै गर्ने खेलाडीले गोल्डेन बुट जित्ने नियम सन् १९९४  को विश्वकप पछि ल्याइएको  थियो । जसमा धेरै गोल गर्ने खेलाडीलाई सबैभन्दा कम पेनाल्टीमा गोल गर्ने खेलाडीले जित्ने, त्यसपछि सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी र अन्त्यमा आवश्यक परेमा कसले कम खेलेको छ भन्ने आधारमा अवार्ड प्रदान गरिने चलन छ । 

गोल्डेन बुट जित्नु सामान्य  कुरो होइन । गोल्डेन बुट जित्ने ३० वर्षभन्दा माथिका खेलाडी हालसम्म एक पटक मात्र गोल्डेन बुट जितेका छन् । 

उनी हुन् क्रोएसियाका लिजेन्ड खेलाडी डेभोर सुकर, जसले आफ्नो ३० औँ जन्मदिनको पाँच महिना मात्रै पुग्दा सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा ६ गोल गर्दै यो अवार्ड जितेका हुन् । विश्वकपमा सबैभन्दा कान्छो गोल्डेन बुट विजेता हंगेरीका फ्लोरियन अल्बर्ट हुन् । उनले सन् १९६२ का गोल्डेन बुट विजेता मध्यका एक हुन् । जुन विश्वकपमा दुई खेलाडीले गोल्डेन बुट जितेका थिए । 

जर्मनीका थोमस मुलर २०१०  को दक्षिण अफ्रिकामा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जित्ने खेलाडी थिए । उनी अहिलेको विश्वपकपमा पनि गोल्डेन बुट जित्ने खेलाडीको दावेदान हुन् । 

विश्व कपको पाँच ट्रफी जितेर सबैभन्दा सफल भएको ब्राजिल लियोनिडास (१९३८), एडेमिर (१९५०), गारिन्चा र भाभा दुबै खेलाडी (१९६२) र रोनाल्डो (२००२) को विश्वकप गरेर सर्वाधिक गोल्डेन बुट जित्ने खेलाडी भएको राष्ट्रमा पर्दछ । जर्मनीले तीन गोल्डेन बुट जितेको भने भने अर्जेन्टिना, इङ्ल्यान्ड, हंगेरी, इटाली र रसियाले दुई पटक गोल्डेन बुट जितेका छन् । 

ब्राजिल  यस्तो देश हो जसले सबैभन्दा धेरै गोल्डेन बुट जितेको छ  ।  गोल्डेन बुट जित्ने पहिलो १५  आफ्नो जन्मेको देशमा आफ्नो क्लब फुटबल खेले भने १२  विजेताहरू मध्ये ६ जनाले सन् १९७८ देखि विदेशी भूमिमा व्यावसायिक खेल खेल्दै आएका छन् । घरेलु भूमिमा भएको विश्वकपमा गोल्डेन बुट जित्ने चार जना खेलाडी छन् । 

कतारको राष्ट्रिय टिमबाट यो विश्वकपमा गोल्डेन बुट जित्ने सम्भावना कमै छ । विश्वकपमा सबैभन्दा धेरै खेल खेलेका खेलाडी रोनाल्डो हुन् उनले सन् २००२ मा ५७ खेल खेलेका छन् । 

बीबीसीले गोल्डेन बुट जित्ने खेलाडीहरुको उमेर ३० भन्दा कम र २४–२५ बीचका खेलाडीहरुलाई चुनेको छ । क्वाटरफाइनलमा पुग्ने सम्भावना भएका टोलीबाट युवा खेलाडीलाई चुन्दा अर्जेन्टिनाका लाउरेटो मार्टिनेज, फ्रान्सका केलियन एम्बाप्पे, जर्मनीका सर्जी जनविरी र लिरो साने, इङ्ल्यान्डका ह्यारी केन, ब्राजिलका नेयमार र रिचर्डलिसन, स्पेनका अल्भारो मोराटो,  पोर्चुगलका आन्द्रे शिल्भा र नेदरल्यान्डका मेफिस डिपायलाई चुनेको छ । 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप