लमजुङको मतगणनास्थलमा तारजाली र सीसी क्यामरा जडान
लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ ।
जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपाइनएको बताए । ‘मतगणना निकै संवेदनशील हुन्छ । मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो,’ उनले भने । मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको हो । स्थानीय तह निर्वाचनमा पनि जडान गरिएको थियो ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण