लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत
आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् ।
लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अधिकृत छैटौँ तहदेखि उपसचिव स्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाएको छ । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाएको छ ।
सहायक मतदान अधिकृतमा ५८ जना महिलालाई खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालय अस्थायी मतदान केन्द्रसहित १ सय ८८ वटा मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिब १६ प्रतिशत महिला मतदान अधिकृत र करिब ३१ प्रतिशत महिला सहायक मतदान अधिकृत खटाएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेंसीसहर र वरपर बढी खटाएको छ । बढी मात्रामा नगरपालिकाका मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण