निर्वाचन बहिष्कारको मागसहित आयोगको कार्यालय अगाडि नाराबाजी, ६ जना पक्राउ (तस्बिरहरु)
शनिबार, ०३ मङ्सिर २०७९, ०६ : १४
नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरुले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको समूहले निर्वाचन बहिष्कार गरौँ भन्दै नाराबाजी गरेका थिए ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार सो क्रममा ६ जनालाई पक्राउ गरि प्रहरी परिसर कार्यालय दरबारमार्गमा राखिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण